Friday, December 31, 2010

भाइभाइको काटमार

नरेन्द्र कार्की सुजन सुधा कल्पित
भाइभाइको काटमार छोड्नु पर्छ अब
इशाराको सरकार छोड्नु पर्छ अब

चाँहीदैन जनतालाई मुढेबलका नेता
लज्जासपन भो हार छोड्नु पर्छ अब

जहाँ बस्छौ त्याहाबाट जति सक्छौ गर
नसकिदो भार छोड्नु पर्छ अब

आ– आफ्नै गोरुको बाह्रै टक्का गर्छौ
भयो न वार र न पार छोड्नु पर्छ अब

सानो खोला तर्न हम्मे हम्मे पर्छ भने
सकिदैन जंघार छोड्नु पर्छ अब

बनाउने हो भने सु–सम्पन्न नेपाल
फरक फरक धार छोड्नु पर्छ अब

मुगु ८ सुकाढिक

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..