Friday, December 31, 2010

खुट्टा तान्ने प्रवृतिले

गाणेश वि.क. स्पन्दन
पछाडीबाट ढुङ्गा हान्ने प्रवृतिले बिगा¥यो
पाइलै पिच्छे खुट्टा तान्ने प्रवृतिले बिगा¥यो

मनभित्र पाप मुखले धर्मको भजन गाउदै
पत्थरलाई देवता मान्ने प्रवृतिले बिगा¥यो

योग्यता दक्षता र प्रमाण लत्याएर सोझाको
आसेपासे आफ्नै छान्ने प्रवृतिले बिगा¥यो

घरभित्रको झगडा मिलाउन नसक्नेले आफ्नो
हत्केलाले श्रृष्टी धान्ने प्रवृतिले बिगा¥यो

हरदम हरक्षण सचेत बन्दैछ यो स्पन्दन
शत्रुलाई मित्र ठान्ने प्रवृतिले बिगा¥यो

जनमुक्ति सेना नेपाल
अस्थाई ब्यारेक दशरथपुर

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..