Friday, December 31, 2010

नियती चिन्नैपर्ने

विद्या चौधरी “रितु”



मिलन पछि विछोड हुनैपर्ने
यो कस्तो नियती चिन्नैपर्ने

विछोड पछिका यादमा तड्पिदैछु
आशै आशमा जिवन जिउनैपर्ने
हासी जिउने रहर बिचमै सेलाउदैछु
ओइली झरेको रहरमा रमाउनैपर्ने

स्वार्थी संसारमा बाच्न बिवसछु
ऊ बिनाको पल बिताउनैपर्ने

नेपालगञ्ज

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..