Thursday, December 16, 2010

बुद्ध यहाँ शान्तीको

अशोक कुमार चौधरी “आकाश”
कचनापुर २ मिलनचौक बाँके

मखमली फुलको वासना भएर आयो
सृष्टिमा मायाको रचना भएर आयो

कहिँ उदास कहिँ मधुमास कल्पना हुनु
निदरीमा झस्काउने सपना भएर आयो ।

भेट हुँदा वन पाखा लजाउदै भागी
प्यासी खै नयनको तृसना भएर आयो

इच्छानै ठुलो सबै विनास भन्दा
बुद्ध यहाँ शान्तीको प्रेरणा भएर आयो ।

एउटा तारा झर्ला पुरै आकाश झर्दैन
जिन्दगीको अमुल्य गहना भएर आयो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..