Thursday, December 16, 2010

तिमीलाई नै खोजिरहेछ

ज्वाला जलनी मल्ल “प्रकृति”
लाटिकोइली ४ नयाँघुस्रा सुर्खेत

हेर निलो आकाश तिर चरा उडिरहेछ
जिन्दगी बिना ब्रेकको कार झै गुडिरहेछ

हाँसो आँशु सुख दुख कुमालेको चक्र
समयका बन्धनहरु यनायास चुडिरहेछ

जिन्दगीको खुसी खै कस्तो हुन्छ हार्नेलाई नै थाहा
स्मृतिको पानाभरि नयनहरु जुधिरहेछ

उसले भन्ने कसम सम्झाउने विगतहरु

आँशु भरि बेदनामा डुविरहेछ

कति धेरै आउछ याद सयपत्रि सजाएर
मेरो आँखाले तिमीलाई नै खोजिरहेछ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..