Thursday, December 16, 2010

आउ चरि यहाँ बस

सुरेन्द्र बहादुर शाही “सुगम सरोवर”
मालिका ५ बल्फल्ला दैलेख

यहाँ अचेल आहारा छ आउ चरि यहाँ बस
तिमै्र लागी साहारा छ आउ चरि यहाँ बस

सिकारीले सताउछन् तिमीलाई घरीघरी
नुग्ने एउटा पहरा छ आउ चरि यहाँ बस

जिउन भनि उड्छौ अरे कोषौ कठ्ठै बरी
प्यास मेट्ने छहरा छ आउ चरि यहाँ बस

खेल्न जादा निसानामा पार्छन अरे तिमीलाई

खेल्न योग्य लहरा छ आउ चरि यहाँ बस

जिवन जिउन पुग्दैनकी त्याहाँ सधैँ कसो चरी
आजकाल यहाँ हराभरा छ आउ चरि यहाँ बस

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..