Wednesday, December 15, 2010

जिन्दगी यो

भौतिक मल्ल “जंगली गाँउले गोठालो”
ढिमे १ जाजरकोट

बल्छीको माछा जस्तै अल्झीएको जिन्दगी यो
सकस्यमको जालो भित्र बल्झीएको जिन्दगी यो

नत रित्तो रहन सक्यो नत तन्न बन्न सक्यो
आधा गाग्रो पानी जस्तै छल्किएको जिन्दगी यो

उही खोलाको किनार अनि छालहरुमा विछट्टिएर
वगरको ढुङ्गा जस्तै टल्किएको जिन्दगी यो

बाध्यताको धमिराले खोक्रो पार्दा भित्रभित्रै
भुसको आगो जस्तै गरि सल्किएको जिन्दगी यो

न निभाउन सके मैले न बलाउन सके क्यारे
अगुल्टाले हाने देखि जल्किएको जिन्दगी यो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..