Wednesday, September 29, 2010

बुढो रुख ढल्यो त के भयो (गजल)

उसले भन्यो बुढो रुख ढल्यो त के भयो
एउटा अर्को ठुलो आँधी चल्यो त के भयो

मैले माया गरेकै थिए उनले नबुझ्दा
पानी माथी पनि आगो बल्यो त के भयो

मर्दैन भन्थे चोखो माया जुनीजुनी सम्म
दुइचार दिनमै त्यही माया गल्यो त के भयो

रोपेकोथे मैले त पीरती यो आँखाभरि
आशिक भन्दै दैवले नै छल्यो त के भयो

आयुष  सम्मोहन
रझेना ५ कृष्णनगर बाँके

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..