सिद्धिचरण श्रेष्ठ (काठमाण्डौ, नेपाल)
संकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ ?
असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ
जसको छाती जति विशाल त्यति नै सङ्कट
उसैलाई वडवानलले रोज्दछ सागर,
खोँच र खोला रोज्दैन
डुब्ला, मर्ला अरू के होला,
यत्ति ने हो त्रास तैँलाई लाखौँ डुब्छन्,
लाखौँ मर्छन् जगको रीति चलाउँनलाई
मानिस तैँले उठनै पर्छ,
दु:ख-कष्ट झेल्नै पर्छ
दु:ख सुख भोगे पो त,
मानिस सच्चा मानिस बन्छ
No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..