Tuesday, August 17, 2010

बातले सताउछ

आयुष चौधरी “सम्मोहन”
रत्ति भरको चैनछैन बातले सताउछ ।
किन कुन्नि आजभोली मातले सताउछ ।

इश्वरको दुनियामा जो कोही नि मान्छे मात्र
कुरितीले जन्माएको जातले सताउछ ।

सजिएको सिन्दुरमा चुरापोते सहित
माया गर्ने कोमल ति हातले सताउछ ।

तड्पिएका दुई आत्माको खेति गर्नेहरु
मुटु भित्र रोपिएको घातले सताउछ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..