Monday, August 16, 2010

चित्त बुझाए

रेशम थापा अन्जान स्नेहा
केलाई मान्नु पिर भनेर चित्त बुझाए
हुँदैन समय स्थिर भनेर चित्त बुझाए ।
एक कदममै साथ छोडेर गयौ जब
रहेछ मुशाफिर भनेर चित्त बुझाए ।
हेरेथे ऐनामा आफ्नै अनुहार
खोटो रहेछ तक्दिर भनेर चित्त बुझाए ।

जलाउन नखोजेको कहाँ हे र मैले
निर्दोष छ तस्विर भनेर चित्त बुझाए ।

नहुनेकै दैव हुन्छ भन्छ दुनिया
नजिकै छ मन्दिर भनेर चित्त बुझाए ।

के को रिस, दुस्मनी केका लागी अन्जान
दुनियाँ छोड्नु छ आखिर भनेर चित्त बुझाए ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..