Sunday, April 18, 2010

पायौ सुने तिमीले त लाशमाथी विजय

आयुष चौधरी सम्मोहन

पायौ सुने तिमीले त लाशमाथी विजय
ढुकढुकी नै छैन अरे सासमाथी विजय

तितामिठा सबै पल संगालेर रमाउने
विभाजित आत्माको दासमाथि विजय

जुनेली रात उनको साथ सुनसान एकान्तमा
पुजा गर्दै मायाभावको शाहसमाथि विजय

यार चिज हो के यस्तो एक एक बुँद पिए
एकै रात मात्रै प्यासमाथि विजय

मायाको भोक यो नितान्त बेग्लै
दिलदारको अंगालो गासमाथि विजय

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..