Tuesday, April 13, 2010

खुसी अनि उमङ्ग छाउँछ रे यो सालमा

खुसी अनि उमङ्ग छाउँछ रे यो सालमा
विदेश गाको छोरो आउँछ रे यो सालमा

मिलिजुली एकभई नेपली सब मिल्दाखेरी
कोइलीले मिठो गित गाउँछ रे यो सालमा

गरिबले नि नयाँ लुगा अनि खान पाउँदा
चहकिलो घाम पनि उदाउँछ रे यो सालमा

अशान्त बनाको'थ्यो युद्धले बुद्ध भूमि तर
बुद्ध-युद्ध दुवैले मित लाउँछ रे यो सालमा

अपहरणमा पर्छ भनी गाउँ नफर्कनेहरू
आफन्त सँगै दशैं मनाउँछ रे यो सालमा

नेपाली सब खुसीले रमेको दिन देख्दा
भगवानले राम्रो आशिष पठाउँछ रे यो सालमा

कृष्ण के श्रेष्ठ "काल्स"

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..