Friday, July 1, 2011

राष्ट्रिय साहित्य महोत्सव सुर्खेतमा

सुर्खेतका साहित्यकारहरुको भेलाले यहि असार १७ गतेदेखि २३ गतेसम्म सुर्खेतमा गर्ने निर्णय गरेको राष्ट्रिय साहित्य महोत्सवको अन्तिम तयारी लगभग पुरा भएको छ । महोत्सवमा देशका तीन सय भन्दा धेरै साहित्यकारहरूको उपस्थिति हुने आयोजक समितिले जनाएको छ ।
राष्ट्रिय साहित्य महोत्सव आयोजक मूल समितिका संयोजक डा. दीपक गौतमका अनुसार एक हप्तासम्म चल्ने साहित्यिक महोत्सवमा गजल, कविता, लोकनृत्य, साहित्यिक समीक्षा, कार्यपत्र प्रस्तुति र छलफल, अन्तक्र्रिया एवं चित्रकला प्रदर्शनी हुनेछ ।
आयोजकका अनुसार नेपालमै पहिलो पटक हुन लागेको यस किसिमको लामो समयको साहित्यिक महोत्सवले साहित्यकारमा बर्गीय र दलीयरुपमा हुने विभाजनलाई निरुत्साहन गर्ने र साझा मञ्चको स्थापना गर्नेछ । नेपाल र भारतका लेखक, साहित्यकारको सहभागिता हुने उक्त महोत्सवको अन्तिम दिन सुर्खेत घोषणापत्र समेत जारी गरिने छ । महोत्सवका लागि डा.गौतमको संयोजकत्वमा २०६ सदस्यीय मूल समिति, १५ सदस्यीय कार्यसम्पादन समिति र १४ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।
गत माघमा सुर्खेतमा सम्पन्न भेलाले साताब्यापी महोत्सव सम्पन्न गर्नका लागि नेपाल प्रज्ञा परिषदका सभा सदस्य समेत रहेका डा. गौतमको संयोजकत्वमा महोत्सव आयोजक मूल समिति गठन गरेको हो । समितिको सह–संयोजकमा गणेशभक्त गौतम, सदस्य–सचिवमा सुशील शर्मा र कोषाध्यक्षमा युद्ध विक्रम शाही रहेका छन् ।
महोत्सवका लागि गठित १५ सदस्यीय सचिवालय समितिका सदस्यहरूमा सदस्यहरुमा युवराज शर्मा संगम, ऋर्षी शर्मा ‘सुदामा’, जीवन शाही, हरिलाल महतरा, जगत वाशिष्ठ लगायतका रहेका छन् । सुर्खेती साहित्यलाई राष्ट्रिय स्तरमै चिनाउन र स्थानीय श्रष्टाहरुको मनोबल बढाउनका लागि महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।

2 comments:

  1. याे समाचार त मैले तयार पारेर इकान्तिपुरलाइ दिएकाे थिँए । यहाँ कसरी त ?

    ReplyDelete
  2. Padam jee sorry yo news Prakash lamichhane ko Mausamjee Bhandari Canvas jee marphat email through email yo blogko lagi Aayako ho .. Tapaile ekantipurma yo news dinu bhayako hola tara ekantipurma yo news6ena.. Anyway thank u for the information .. tapaiko sujhab sallaha ra rachana Sahityabatika sadhai apekchya rakh6

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..