Friday, May 6, 2011

विरहको धुन सम्झेँ

राज अबिरल यात्री

अलिकति तिम्रा बैगुन . अलिकति गुण सम्झेँ ।
एकान्तमा तिमीले गा'को , विरहको धुन सम्झेँ ।।

समाज बोल्छ अनेक कुरा , कुरीतिको बखान गर्दै ।
शरिरमा बग्ने रातो , एकै सबको खुन सम्झेँ ।।

बाधाहरु आई रहे , मनहरु भाँड्नलाई ।
तर पनि तिमीलाई आकाशको जुन सम्झेँ ।

सम्झौतामा चुकिन म, अनि बाचामा झुकिन ।
अरु सबै कालो पथ्थर , तिमीलाई चुन सम्झेँ ।

इलाम
हाल क्वालालुम्पुर मलेशिया ।
रचना 09/02/011

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..