Friday, February 25, 2011

यात्रा थाल्नुपर्छ अब


सालिकराम सत्याल ‘अर्बिन यात्री’
अघि बढ्न पाईलाहरु चाल्नुपर्छ अब तरवारको धारमा यात्रा थाल्नुपर्छ अब

धिपििधप निभ्दै गरेको त्यो आगो
धेरै हाम्रो सास खर्चि बाल्नुपर्छ अब

सोझा साझा जनतालाई घात गर्ने
कठपुतली यो सरकार ढाल्नुपर्छ अब

देशले अब मध्ययुगिन मारबाट मुक्ति पाउछ
सबै मिलि अन्धकारलाई फाल्नृपर्छ अब

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..