Saturday, February 19, 2011

खोज्नु साहित्यमा

दामोदर नेपाल
काठमाडौं ।
समाजको चित्रकार पसी खोज्नु साहित्यमा
मनका व्यथा जान्नु परे दशी खोज्नु साहित्यमा

अज्ञानताको मझेरिमा ज्ञानको ज्योति छर्ने
ज्योतिर्पूञ्ज भेट्न कम्मर कसी खोज्नु साहित्यमा

यथार्थको धरातलमा उभिएर सधैंभरि
आफ्नै जीवन रंग्याउने मसी खोज्नु साहित्यमा

जीवन अनि जगतको अन्धकार हटाउन
अन्तर्दृष्टि खुला गरी शशी खोज्नु साहित्यमा

व्यक्ति फरक, समाज फरक, फरक जिउने कला
त्यही कलाको परिभाषा बसी खोज्नु साहित्यमा ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..