Sunday, December 19, 2010

गुट उप गुटका ..

सुरेन्द्र बहादुर शाही
गुट उपगुटका, धनी नेता
चुटाचुटका, धनी नेता

जन्ताको करमा तिमी
बर्मलुटका, धनी नेता

एकजुटका गफ हाक्ने
फाटफुटका, धनी नेता

आफ्नै भाग सानो भनी
कुटाकुटका, धनी नेता

अरुको सित्तै पाए पछी
चाटचुटका, धनी नेता

कामकाज भने फुट्टी छैन
टाईसुटका, धनी नेता

 सरोबर
दैलेख मालिका ५ छडुङ् बल्फल्ला

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..