![]() |
प्रेम वली |

खाने मुखलाई जुगाले छेक्दैन। छेकोस पनि कसरी जुगाले। अबका दिनमा फेरी कस्ले पो जुगा पाल्छ र! खाने मुखलाई छेक्न सकेको भए आज देश र जनताको गती यस्तो हुने थिएन।
बजार भाउ देखी पेट्रोलको भाउ बढाउदा कमिसन खाने मुखलाई कस्ले छेक्ने?फेरी खाने मुखलाई छेक्न थाल्यो भने एक दिनमा हुने काम एक बर्षमा पनि नहुनसक्छ ।बरु यो मुखमा बोका देखी मकैको घोका।रोस्ट देखी टोस्ट। तुम्बा देखी तरुनिको चुम्बा हालिदियो भने माहादेबले नगर्ने काम पनि यै मुखले गर्न सक्छ।मुखको महिमा पनि बिचित्रको नै छ। यती सानो भएर पनि अल्कात्रा देखी नदिनाला, हावाइ जहाज देखी पुलसम्म झ्वाम्म जान्छ । बन देखी हरियो धन,हात्ती देखी लात्तिसम्म ल्वाम्म जान्छ । यत्रो यत्रो खान सक्ने मुखलाई ,जाबो जुगाले के असर पार्छ र। हिजो आज मुखले खादा जुगाले पनि स्वाद लिन थालेको सुनिन्छ।त्यसैले सरकारले पालेको जुगाले,खाने मुखलाई छेक्नु साटो,स्वादमै रमाउन थालेकोछ। तपाईं कुनै कदाचित भुलेर घुसखाने मुखको बारेमा सरकारि जुगालाई खबर गर्नु भयो भने झन जुगाले त मेरो भाग कती पर्छ? नत्र खाने मुखलाई जुगाले कै गर्छ भनी झन बार्गेनिङ्ग गरेको कुरो यि दुई आँखाले पत्र पत्रीकामा पढ्न पाईन्छ।
यो मुखको महिमा गरी साध्य छैन। गर्यो भने कती अध्याय नै बन्छ। यो मुखको कुनै ठेगान नै छैन। आज के खाको छ। भोली के खाको छ। आज के बोल्छ। भोली के बोल्छ। अझ यो नेताहरुको मुखको के कुरा। पार्टिका मुखका कुरा के गर्नु। बैठकमा एउटा कुरा गर्यो । जनतालाई अर्को कुरा। यै मुखको ठेगान नहुँदा आजसम्म सम्दिधान बन्ने ठेगान छैन। आज तीन पार्टिका मुख तीन तिर फर्किएको हुँदा जनताले यो परीस्थिती भोग्नु परेकोछ।
यै मुखले मान्छेलाई दु:ख दिलाउन सक्छ।यै मुखले मान्छेलाई सु :ख दिलाउन सक्छ । घरकि बुढीले मुख लगाउदा कत्रो रडाको चल्छ । कतिको घर ग्रीस्ती ढल्छ। यै मुखले श्रीमतिलाई मिठो बोल्दा श्रीमतिको अनुहार झलल बल्छ। त्यसैले बोल्नेको पिठो बिक्छ ,नबोल्ने चामल पनि बिक्दैन भनिएको हो। मिठो बोल्दा पैसा पनि नलाग्ने,झन मान्छेको रिस राग नै भाग्ने हुँदा मिठो बोलौ यो मुखले। यै मुखले मिठो बाचन गर्दा यज्ञ महायज्ञमा करडौ धन सम्पत्ति दिने दम्पती हामीले देखेकाछौ।त्यसैले मुखको महिमा अपारछ। आजलाई मुखको महिमाको अध्याय यति नै।मुखाय नम:जय काउकुती ।
Mukesh Nepal यो मुखको महिमा गरी साध्य छैन। गर्यो भने कती अध्याय नै बन्छ। यो मुखको कुनै ठेगान नै छैन। आज के खाको छ। भोली के खाको छ। आज के बोल्छ। भोली के बोल्छ।
ReplyDeleteHo Mukesh jee Yo mUkhko Mahima gayara sadhya 6ena...
ReplyDeleteHaaaa...... Prem G...
ReplyDeletemukhko kasari charcha garnu Sabai kam yasaiko ta 6 hai.........
Mukh ko sundarta nai sabai vanda bigger 6 Prem G............
ReplyDelete