Tuesday, November 23, 2010

गजल "आँगन खनिसकेपछि "

कहाँ पलाउथ्यो खुशी आँगन खनिसकेपछि
प्रत्येक श्वास र सुस्केरा तिम्रो बनिसकेपछि

के लुकाउ तिमीसंग केही पनि त छैन प्रिय
सबै कुरा खोलेकोे छु तिमीले भनिसकेपछि ।

सोच्दैछु म के गरु कसो गरु तिम्रोलागी
आकाशको जुन अनि तारा गनिसकेपछि

प्रेमको राजमार्गमा पिरतीको मिठो यात्रा
भन कुन यात्रा थाल्छौ त्यो पनिसकेपछि
आयुष सम्मोहन
रझेना ५ कृष्णनगर बाँके

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..