Tuesday, September 28, 2010

होला

पदम गौतम
एकलासको फूलमाथि टल्किएको शीत होला
तिम्रो पीडाभित्र सिङ्गो समाजको गीत होला ।

तिम्रो छायाँ तान्न खोज्ने अरु कोही नभएर
बाल्यकालमै छुट्टिएको तिम्रो आफ्नै मीत होला ।

यौटा कहाँ माथि पुग्छ, अर्को तल नझरेमा
तिम्रो हार पनि कसैलाई ठूलो जीत होला ।

बुझ, आफै बनाउनुपर्छ अब बाटाहरु
सोच्यौ होला दुनियाँमा यौटा मात्रै रीत होला ।

फ्याँक्नुपर्छ उखेलेर बारीबाट झार अब
मेची-काली सबैको नै त्यतिबेला हित होला ।

एकलासको फूल पृष्ठ ७ बाट

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..