Thursday, July 14, 2011

गजल

कुमार यात्री
चरित्रमा खोट दियो मेरो गजलले
मलाइ नै चोट दियो मेरो गजलले

मेरो अनि उनको चरित्र लाइ जाँच्दा
बिपक्षीलाइ भोट दियो मेरो गजलले

मन खूसी रहोस् भनि गजल लेखेँ
दुख फल्ने बोट दियो मेरो गजलले

नत सुख शान्ती न त मनमा चइन
न त टन्न   नोट  दियो मेरो गजलले


बिछोडिइ कसै सँग एक्लो भए पनि
रुँदै बाँच्ने अठोट दियो मेरो गजलले

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..