Wednesday, March 16, 2011

सरकार चाहनेहरु

के संविधान बनाउलान र सरकार चाहनेहरु
दिनदिनै यो देशमा काटमार चाहनेहरु

कोही छन् बामपन्थी त कोही दक्षिणपन्थी
आफ्नै आफ्नै पार्टीको बिचार चाहनेहरु

जनता भने शास्ती र दुःख मात्रै खेप्न बाध्य
पार्टीभित्र आफ्नो प्रचार चाहनेहरु

कोही बस्छन् प्रतिपक्ष कोही सरकारमा
हु“दैनन् साना कोही हार चाहनेहरु

सहमति र सहकार्य गरेपनि त हुन्थ्यो
सोच्दैनन् देशको बारेमा आफ्नो संसार चाहनेहरु

‘निश्चल झनक अधिकारी बारुद’
अछाम सेरा–१, फल्टाने सुन्दरबस्ती
हाल – कलेज अफ अलाइड हेल्थ साइन्स, नेपालगञ्ज

2 comments:

  1. खै कहिल्यौ भने जस्तो नहुने भो देशमा !
    अधिकारी जी धन्यबाद यहाको कलम लाइ -यहाँको शब्दहरुको लागि !

    ReplyDelete
  2. बेदनाथ सरले भन्नु भएको कुरा एकदमै सहि हो । देश र जनताकोलागी केही गर्छु भन्नेहरुको नाटक देखेर आजभोली त वाक्कदिक्क लागेर आउँछ । के गर्ने जुन जोगी आएपनि खै के भन्थे त्यस्तै भा छ । पहिले पहिले कहिँ नभाको जात्रा खै के मा भन्थे अब त कहिँ नभाको जात्रा संसदभवनमा भन्नु पर्ने बेला आइसक्यो ।

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..