Thursday, February 24, 2011

चोखिएर आएका छौं


भौतिक मल्ल ‘जंगली गाउले गोठालो’
 युद्धमा आँशु पोखिएर आएका छौं
रगतको आहालमा चोखिएर आएका छौं

सिर्जिएर जिवनका नाना भाँती सपना
हजारै घुम्ति मोडमा ठोकिएर आएका छौं

लडाईमा थुप्रै साथी संगी गुमायौं
बलिदानमा सिग्र उभिएर आएका छौं

चुनौतिका बिशाल पहाडहरु खडा हुदा
सम्भावनाका हिमाल बोकेर आएका छौं

जिबन संग मृत्यु, मृत्यु संग जिवन
बर्गसंघर्षमा जरुर जोखिएर आएका छौं

1 comment:

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..