Friday, December 31, 2010

"देशको पिड़ा"

बांदरहरुको राज भो ,
बुद्धि प्रसाद उपाध्याय
मकई खाने काज भो
दूत बनी पस्या छ ,
मदारी भई बस्या छ

बांदरहरु नचा छ ,
देशको सीमा पचाछ
पर्दा भित्र लुक्या छ ,
साशन-सत्ता हाँक्या छ

सबै जनताले देख्दैनन ,
देख्नेले यो कुरा लेख्दैनन
थोरै जनताले केलांउछन ,
बल नपुगेर सेलाऊंछन
"जनाताहरूले हेर्नेछन ,
पक्कै एकदिन घेर्नेछन
भन्ने मनमा सबको आश ,
हून लागे फूस -फास

कलमजीवी बोल्दैनन ,
गांठी कुरो खोल्दैनन
अधिकारवादी धेरै छन ,
झंडामुनि फेरै छन

बेला-बेला निस्किन्छन ,
जनता संग जिस्किंछन
'चेतना'धेरै बाड्याछन ,
कर्त्यव्य चें गाड्याछन

लोभी-पापी उफ्र्याछन ,
शालिक सबै टुक्र्याछन
बी.पि .लाईनि फोड़ेछन ,
मनमोहनलाईनि तोड़ेछन

आदि -कवि ता ढलेछन ,
महा कविपनि चलेछन
मान्छेले मान्छे कुटेछन ,
सामाजिक सद्भाव लुटेछन
अधिकारवादी जम्मा भयेछन ,
स्थलगत भ्रमणमा गयेछन
नया-नया कार भेटेछन ,
धेरै-धेरै दुर्भाव पनि देखेछन

काठमांडू फेरी झरेछन ,
अन्तरक्रिया गरेछन
कांतिपुर टी, भी .मा गयेछन ,
'सद्भाव कायम छ 'भनेछन

लोभीपापी मिल्याछन ,
देशका चोकटा लुछ्याछन
मातृभूमि दुखी छ ,
लोभी पापी सुखी छ
जगायेमा जनता जाग्नेछन ,
बांदर सबै भाग्नेछन
लौ उठौं जनता जगाउँ,
लोभी-पापी भगाउँ

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..