Friday, September 24, 2010

भुते गुरु(झटारो)

बास्मती र मन्सुली जस्तै
प्रजातन्त्रे धान रोपियो
तर फुल्न फल्न नपाई
सबै घासपातले छोपियो
बिकासे धान भनी फेरी
लोकतन्त्रे धान रोपियो
फल्नै नपाई यो पनि
चरा चुरुङ्गिले खोपियो।

यसपाली फेरी
गनतन्त्रे धान रोप्नलाई
लुते भए पनि
भुते गोरु ल्याइयो
हिलो माटो नभनी
हात गोडा ख्याइयो
रात दिन खटेर
कुलोनाला धाइयो।

केही होलाकी भनी
बल पसिना फालियो
ऋन लागे पनि मल हालियो
राम्रो होस भनी ढल हालियो

एक दिन
मुठी फाली मुरी फलाउने
मिठो सपना देखेको बेला
बजिया भुते गोरु फुत्किएर
आफ्नै खेतमा ठोक्किएर
पार्नु झ्वाम्म पारेछन
गोब्र्याउदै, मुत्र्याउदै
छाड्नु फोहर छाडेछन
गोरुले झुर गरे पनि
रिसले चुर परे पनि
गोरु गोरु नै हो,गोरुको के दोस
गल्ती आफ्नै हो,रोक्नै पर्‍यो रोस
साङ्लोले बाध्ने कि नाम्लोले
डोरिले बाध्ने कि दाम्लोले
जङ्गल राख्ने कि गोठमा
तराइ राख्ने कि कोटमा
बेलामा पुराइएन बुद्धी
आज धान खाए पछी
बल्ल फिर्दैछ यो सुद्दी।

प्रेम ओली
दाङ्ग
हाल काठमाण्डौ

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..