Sunday, February 13, 2011

साहित्यमार्फत कैलालीका आदिवासी महिलाहरुले महिला हिंसा विरुद्ध आवाज उठाए ।।

फागुन १ ः महिला माथि हुने गरेको हिंसा र लैङ्गिक विभेद विरुद्धको आवाज कैलालीका आदिवासी महिलाहरुले साहित्य मार्फत व्यक्त गरेका छन् । राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ जिल्ला कार्य समिति कैलालीले आज धनगढीमा ‘विभेद विरुद्धको गीत, कविता तथा खुल्ला गजल कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा महिलाहरुले आफूहरु माथि हुने विभेद अन्त्यको सन्दर्भलाई लिएर साहित्यिक खुराकहरु पस्केका थिए ।
           महिलाहरुले गीत, गजल, कविता मार्फत महिला माथि हुने गरेको विभिन्न खाले हिंसा तथा विभेद अन्त्य हुनु पर्नेमा जोड दिएका थिए ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..