Sunday, November 11, 2012

म प्रेमी पुरानो


घायलश्री

तिमीसग हारेको प्रेमी पुरानो।
तिमी
माया मारेको प्रेमी पुरानो।

एकै
नजर देख्न तिम्रो बाटो ढुक्दा
हिड्ने
बाटो बारेको प्रेमी पुरानो।

फुल्दै गर्दा तिम्रो मनभित्र
कोपिलामै
झरेको प्रेमी पुरानो।

तिललाई
पहाड बनाई यो प्रेम नगरीमा
संगीमाझ
खारेको प्रेमी पुरानो।

ज्युन नसक्दा तिम्रो शहरबाट
बसाई
नै सारेको प्रेमी पुरानो।

4 comments:

  1. प्रकाशकको गल्ति हो कि गजलकारको गल्ति हो काफिया पनि अपुरो छ अर्को कुरा संगति पनि मिलेको छैन , यो गजल हो भने ,

    ReplyDelete
  2. This comment has been removed by a blog administrator.

    ReplyDelete
  3. kaphiya ta mileko nai 6 mitra .. kaphiya pani purna ar aansik kaphiya hun6 . kripaya yo link readout garnus na hai plz....
    http://sahityabatika.blogspot.com/2010/06/blog-post_21.html

    ReplyDelete
  4. धन्यवाद मित्रहरु मिठो कमेन्टका लागी .. गजलमा लय सबैभन्दा अनिवार्य तत्व हो ता पनि सबै गजलहरु पूर्ण लय विधानमा बाँधिएका हुन्छन् भन्ने पनि होइन । जहाँसम्म काफियाको कुरा गर्नु भएको छ , यस कुरामा म निशान जी संग सहमत छु । धन्यवाद नरेश जी अनि निशान जी लाई ...।

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..