Tuesday, March 27, 2012

ठुलै घरमा परिछौ रे

रामकृष्ण पौडेल "अनयास"
 भाग्यमानि रै छौ सानु ठुलै घरमा परिछौ रे
 सँगै ज्युछु मर्छु भन्थ्यौ आज बिहे गरिछौ रे ।
    
झुप्रो प्यारो तिम्रो घरको चुहिने छानो भएपनि
भन्ऩे हिजो तिमी नै हौ महलमा सरिछौ रे ।
    
 डोली चढ्दा कस्ती भैछौ अन्तिम पटक हेर्छु भन्दै
 खोला वारी बाटो कुर्दा पारि पुल तरिछौ रे ।
    
 वाचा कसम हजार थिए साथमा तिम्रो चिनो मैले
फिर्ता गर्छु भन्दै जाँदा बेशि बाटै झरिछौ रे ।
    
 मलाई ज्युदै जलाएर पराईलाई साथ दिदै
मेरै अस्तु सिँन्दुर बनाई सिँउदो तिम्ले भरिछौ रे ।
    
     भरतपुर-13,गजलकुन्ज चितवन

1 comment:

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..