Friday, March 18, 2011

झर्नु पर्छ बिहानीमा

गणेश बि.क. ‘स्पन्दन’
चम्केर नि तारा झर्नु पर्छ बिहानीमा
नौलाख दिपहरु मर्नु पर्छ बिहानीमा

कुशासनको कालो अन्धकार छिचोलेर
छितिजमा लालीकिरण छर्नु पर्छ बिहानीमा

भर्भराउछन् ओईलाएका पुष्पथुङ्गाहरु
पातपातमा सितको थोपा पर्नु पर्छ बिहानीमा

जुर्मुराई उठ युवा कुम्भकर्णको निद्राबाट
सयौं खोला जंघार तर्नु पर्छ बिहानीमा

प्रगतिशिल देशभक्त सबै एक भई जुट्नुपर्छ
एक नयाँ युगको उद्धघोष गर्नु पर्छ बिहानीमा

सायाँ,२ दुल्ली हुम्ला
हालः– अस्थाई व्यारेक दशरथपर

1 comment:

  1. अब देश शान्तीप्रक्रियामा दु्रत गतिमा अगाडी बढ्नु पर्छ नत्र कुनै दिन पुर्पुरोमा हात राखेर चिन्ता गर्नु सिवाय अर्को विकल्प रहनेछैन ।

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..